काठमाडौं । मानव सेवा आश्रमको सहयोगका लागि सञ्चालित सांगीतिक समूह नेपथ्यको अन्तिम सांगीतिक कार्यक्रम शनिबार काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको छ ।

मानवताका लागि संगीत अभियान अन्तर्गत एक महिनाअघि विराटनगरबाट सुरु भएको अभियान शनिबार काठमाडौंको सांगीतिक कार्यक्रमपछि समापन भएको छ । शनिबार बर्ष २०२२ को अन्तिम दिन थियो । नेपथ्यले बर्ष २०२३ लाई स्वागत गर्यो ।

काठमाडौंमा नेपथ्यको सांगीतिक कार्यक्रम हेर्न हजारौं संगीतप्रेमी, सर्वसाधारण, राजनीतिज्ञ र विभिन्न पेशा व्यवसायी भृकुटीमण्डप पुगेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतका नेता पनि भृकुटीमण्डपको कन्सर्टमा पुग्नुभयो ।

नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, वीरेन्द्रनगर सुर्खेत, बुटवल र पोखरामा सांगीतिक कार्यक्रम गरेको थियो ।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले नेपथ्य समूह संगीतबाट मनोरञ्जन मात्र नभई लोक कल्याण पनि गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताउनुभयो ।

यो कन्सर्टको लाभांशले मानवता प्रवर्द्धनका साथै राजधानी काठमाडौंमा आश्रमको आफ्नै शाखा भवन बनाउने सोच उद्देश्य राखिएको छ । त्यस्तै बेसहाराहरुको खाना, लत्ताकपडा र आवासका निम्ति अक्षयकोषको पनि स्थापना गरिने मानव सेवा आश्रमले जनाएको छ । उहाँहरुलाई सहयोग गर्न सक्नुहुन्छ ।

 

सम्बन्धित खबरहरु