काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्नेसम्बन्धि जरुरी सूचना जारी गरेको छ । त्रिविले ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी र शिक्षाशास्त्र संकाय अन्र्तगत विए र विएडका आंशिक परीक्षार्थीहरुलाई फारम भर्नका लागि अनुरोध गरेको हो ।

आ–आफ्नो क्याम्पस/कलेजमा २०७९ साल मंसिर २१ गतेदेखि २०७९ पौष २० गतेसम्ममा विद्यार्थीले परीक्षा नियमित रुपमा आवेदन फारम दिन सक्नेछन् ।

त्रिविले जारी गरेको सूचनामा भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ को २०७९ सालमा संचालन हुने ३ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा दिने मानविकी र शिक्षाशास्त्र संकाय अन्र्तगत विए र विएडका आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पस/कलेजमा २०७९ साल मंसिर २१ गतेदेखि २०७९ पौष २० गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फारम बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु