काठमाडौं । मेयर बालेन शाहले एक्सन लिनु भन्दा पहिले जिल्ला अदालत काठमाडौंले अवैध संरचना खाली गरेको छ ।

दुई वर्षदेखि फुटपाथमा राखिएका सवारी साधन हटाइएको हो । काठमाडौं जिल्ला अदालतले दुई वर्षदेखि फुटपाथमा राखेका सवारी साधन अन्तत: हटाएको हो ।

अदालत प्रशासनले सोमबार राति ती सवारी साधन हटाएको थियो । काठमाडौं महानगरपालिका ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले यसको पुष्टि गर्नुभयो ।

अदालतले फुटपाथमा सवारीसाधन राखेर नियम मिचेको समाचार प्रकाशित गरिएको थियो । वडाध्यक्ष तण्डुकारका अनुसार उहाँले अदालत प्रशासनलाई पहिल्यैदेखि नै हटाउन अनुरोध गर्दै आउनु भएको थियो ।

समाचार बाहिर आएपछि अदालतका एक जना न्यायाधीशले आफूसँग कुरा गरेको पनि उहाँले स्मरण गर्नुभयो । ती बस र ट्रक दसीप्रमाणका रूपमा अदालतमा आएका थिए, त्यसपछि ठाउँ नभएको भन्दै फुटपाथमै थुपारियो ।

काठमाडौं महानगरपालिकाका मेयर शाहले केही दिन पहिले जिल्ला अदालतको अवैध संरचना हटाउने चेतावनी दिनु भएको थियो । बीचमा अदालतले महानगरलाई नक्सा पनि पठाएको थियो ।

अवैध संरचना बनाउने कसैलाई छोड्दिन्, अदालतमा पनि डोजर चल्छ : मेयर बालेन

सम्बन्धित खबरहरु