काठमाडौं । मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं महानगरपालिकाकाभित्र बनेका अवैध संरचना हटाएरै छोड्ने बताउनु भएको छ । उहाँले काठमाडौं महानगरपालिकाका मेयर साहले जिल्ला अदालतको अन्डरग्राउन्ड पनि खाली गर्ने चेतावनी दिनुभयो ।

बुधबार काठमाडौंको न्यूरोड क्षेत्रमा अवैध संरचना हटाउन आफैं फिल्डमा पुग्नु भएका उहाँले यस्तो बताउनु भएको हो । उहाँले अवैध संरचना बनाउने साना ठूला कसैलाई पनि नछाड्ने स्पष्ट पार्नुभयो ।

अत्याधुनिक शैलीमा बनाइएको जिल्ला अदालत बबरमहलको अन्डरग्राउन्ड पार्किङको प्रयोगमा छैन । जसकारण व्यस्त सडकको फुटपाथमै सेवाग्राहीले सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता छ ।

अवैध संरचनामाथि डोजर नचलाउन अनुरोध गरिरहेकाहरुसँग मेयर साहले काठमाडौं जिल्ला अदालतको समेत खाली गराइँदै छ भनेर जवाफ दिनुभयो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले अदालतको भुइँ तल्लामा दसीका रुपमा आएका सवारी साधनहरु रहेको बताउनुभयो । अदालतका अनुसार दुई कर्मचारी पुगेर महानगरबाट यसबारे जानकारी माग भएको छ ।

एकपछि अर्को गर्दै काठमाडौंमा धमाधम भत्काउन थालियो अनधिकृत संरचना

मेयर बालेन आफैं पुगेर काठमाडौं मलमा चलाए डोजर

सम्बन्धित खबरहरु