काठमाडौं । मेयर बालेन साह नेतृत्वको टोलीले एकपछि अर्को गर्दै काठमाडौंमा भएका अनधिकृत संरचनामाथि डोजर चलाउन थालेको छ ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको रञ्जना गल्लीभित्र बनेका भवनहरु पनि भत्काएको हो । केही दिनदेखि महानगरले भूमिगत पार्किङलाई निरुत्साहित गरेर नक्सा विपरीत बनाइएका संरचना भत्काइरहेको छ ।
यसअघि बालेनकै नेतृत्वका बुधबार बिहान महानगरले सुन्धारास्थित काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्समा निर्माण भएका अनधिकृत संरचनामाथि डोजर चलाइसकेको थियो ।
यो पनि, काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि त्यहाँ पुगेको थियो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा काठमाडौं मल रहेको छ ।
यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गर्दै आएका थिए । अनधकिृत संरचनाले भूमिगत पार्किङमा समस्या बढाएको छ ।
यसअघि महानगरले नर्भिक अस्पतालमा बनेका संरचना भत्काउन खोजेको थियो । तर सर्वोच्च अदालतले महानरले नर्भिकमा कारबाही नगर्नु भन्दै आदेश जारी गरेपछि थप कारबाही हुन सकेको छैन् । पुरा पढ्नुहोस्