काठमाडौं । काठमाडौं मलमा महानगरको डोजर चलेको छ । काठमाडौं महानगरले डोजर मल क्षेत्रमा डोजर चलाएको हो ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) पछिल्लो समय अनाधिकृत रुपमा बनेका संरचना भत्काउँदै आउनु भएको छ । यसबीच सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाइएको हो ।

बुधबार बिहान मेयर बालेन स्वंयम उपस्थिति भएर सो कारबाही गर्नुभएको छ । मेयरसहित पुगेको टोलीले अनधिकृत संरचना भत्काएको हो ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि त्यहाँ पुगेको थियो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा काठमाडौं मल रहेको छ ।

यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गर्दै आएका थिए । अनधकिृत संरचनाले भूमिगत पार्किङमा समस्या बढाएको छ ।

यसअघि महानगरले नर्भिक अस्पतालमा बनेका संरचना भत्काउन खोजेको थियो । तर सर्वोच्च अदालतले महानरले नर्भिकमा कारबाही नगर्नु भन्दै आदेश जारी गरेपछि थप कारबाही हुन सकेको छैन् ।

सम्बन्धित खबरहरु