काठमाडौं । आफ्नी आमाको हत्या गरेको आरोप लागेका छोराले दिएको नयाँ बयानले सबैलाई चकित पारेको छ ।
भारत, उत्तर प्रदेशको राजधानी लखनउमा आफ्नी आमाको हत्या गरेको आरोप लागेका नाबालिग छोराले अहिले तेस्रो व्यक्तिको नाम लिएर आमाको हत्यालाई जायज ठहराउन खोजिरहेका छन् ।
अभियुक्त छोराका अनुसार एक व्यक्ति आमालाई भेट्न घरमा आउथेँ, जुन कुरा उनलाई मन परेन् । आरोपित छोराका अनुसार बाबुलाई पनि यो कुरा थाहा थियो तर उनले केही गरेनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आमाको हत्या गरेको आरोप लागेका छोराले बाल कल्याण समिति (सीडब्लुसी) को सोधपुछमा यस्तो बयान दिएका हुन् ।
उनले भने, ‘बुवा घरमा नहुँदा प्रोपर्टी डिलर (घरजग्गाको कारोबार गर्ने व्यापारी) काका आमालाई भेट्न आउँथे ।
आमासँग गोप्य भेट्थे । आमाको यो हर्कत देखेर मलाई धेरै नराम्रो लाग्यो । मैले एक दिन मेरो बुबालाई यस विषयमा गुनासो गरें, त्यसपछि बुबा र आमाबीच भीषण झगडा भयो । त्यसपछि आमाले मलाई धेरै पिट्नु भयो । त्यसबेलादेखि मेरो मन रिसले भरिएको थियो ।’
आरोपित बालकले थप्दै भनेका छन्, ‘एक दिन घरमा प्रोपर्टी डिलर काका खाना खान आएका थिए । बहिनी र म निदाएपछि उनी त्यही सुतेका हुन्थे । बिहान छिट्टै उनी घरबाट निश्किन्थे । म निदाए जस्तो गरेपनि निदाउन सकेको हुन्न थिए । मलाई रिस उठ्यो ।
मैले खाना खाइनँ, यसपटक पनि मैले बुबालाई फेरि गुनासो गरें । तर मेरी आमाले मेरो फोन खोस्नु भयो, मलाई पुनः कुटपिट गर्नुभयो ।
मैले मेरो बुबालाई भनेँ–मलाई यो सबै मन पर्दैन । बाबाले भन्नुभयो–म त्यहाँ भएको भए पेस्तोल निकालेर गोली हान्थे । मैले भने, के गरूँ ? बाबाले भन्नुभयो–जे मन लाग्छ, त्यहीँ गर ।’
आरोपीले बयानमा भनेका छन्, ‘केही दिनपछि आमाको (१० हजार भारु) पैसा हरायो । मैले नलिएको भए पनि आमाले मलाई धेरै कुटपिट गर्नुभयो । म कुटाईबाट रगतको एक घुट पिउँदै थिए । आमाले खाना दिनुभएन ।
दिनभर, रातभर भोकै बसेँ, अनि सोचें कि अब खाना खान्छु तब मात्र खान्छु जब बदला लिन्छु । त्यसपछि हामी तीनैजना (आमा, बहिनी र अभियुक्त छोरा) राति सुतिरहेका थियौँ । म उठेँ, पिस्तोल निकालेर आमालाई गोली हानेँ । घरमा के भइरहेको छ भन्ने सबै कुरा बाबालाई थाहा थियो ।
आमाको व्यवहारदेखि बुवा पनि रिसाउनुहुन्थ्यो तर केही गर्न सक्नु भएको थिएन । त्यसपछि मैले नै आमालाई गोली हानेँ । त्यसपछि बाबाले मलाई फोनमा गाली गर्दै तैले आमालाई मारिस् भन्नुभयो । आमाको मृत्युपछि अहिले घरमा धेरै शान्ति छ ।’
यसअघि लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा १६ वर्षीय किशोरले आफ्नी आमालाई गोली हानेर शवलाई दुई दिनसम्म कोठामा थुनेर राखेका थिए ।
त्यसपछि उनले पश्चिम बङ्गालको आसनसोलमा भारतीय सेनामा तैनाथ बाबुलाई घटनाबारे जानकारी गराएका थिए । यस प्रकरणमा अहिलेसम्म नाबालिगलाई अनलाइन गेम पब्जीको लत लागेको बताइएको छ ।
आमाले उनलाई पब्जी खेल्न नदिएपछि रिसाएर आमाको हत्या गरेको बताइएको छ । तर छोराले हालै दिएको बयानले पब्जी नै हत्याको कारण भएकोबारे शंका उत्पन्न भएको छ । नाबालिगले आफ्नी आमालाई गोली चलाउन आफ्नो बुबाको इजाजतपत्र प्राप्त पेस्तोल प्रयोग गरेका थिए ।