काठमाडौं । पार्वती देवीको अवतार फेला पारिएको छ ।

भारत–चीन सीमानजिकै नाभिडाङको प्रतिबन्धित क्षेत्र नजिकै अवैध रूपमा बस्दै आएकी लखनउकी एक युवतीले आफू देवी पार्वतीको अवतार भएको दावा गरेकी हुन् ।

उनी कैलाश पर्वतमा जीवित रहेका भगवान शिवसँग विवाह गर्ने बताउँदै आएकी छिन् ।

पिथौरागढका प्रहरी उपरीक्षक लोकेन्द्र सिंहले हर्मिन्दर सिंह नामकी महिलाले जबरजस्ती निषेधित क्षेत्रबाट निकाले आत्महत्या गर्ने धम्की दिएको बताउनुभयो ।

सोही कारण उनलाई त्यहाँबाट हटाउन गएको प्रहरी टोली खाली हात फर्किएको छ । ती महिलालाई जबरजस्ती धार्चुला ल्याउन प्रहरीको अर्को ठूलो टोली घटनास्थलमा पठाउन लागेको छ ।

उपरीक्षक सिंहले भन्नुभयो, ‘अब महिलालाई तल ल्याउन १२ सदस्यीय प्रहरी टोली नाभिडङ पठाउने निर्णय गरेका छौं । उक्त टोलीमा स्वास्थ्यकर्मी पनि समावेश हुनेछन् ।’

लखनउको अलिगञ्ज क्षेत्रकी ती महिला १५ दिनसम्म धार्चुलाको उपजिलाधिकारीबाट अनुमति लिएर आमासँग धार्चुला गएकी प्रहरी बताउँछ । तर २५ मेमा उनलाई दिइएको अनुमतिको म्याद सकिएको हो ।

त्यसपछि पनि उनले प्रतिबन्धित क्षेत्र छाड्न अस्वीकार गरिरहेकी छन् । तपाईंलाई जानकारी गराउ कि गुन्जी कैलाश मानसरोवर यात्रा मार्गमा पर्दछ ।

आफूलाई पार्वतीको अवतार दाबी गर्ने र कैलाश पर्वतमा बस्ने भगवान शिवसँग विवाह गर्ने इच्छा व्यक्त गरेका कारण ती महिलाको मानसिक सन्तुलन बिग्रेको अनुमान गरिएको छ ।

 

सम्बन्धित खबरहरु