काठमाडौं । अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ । मुम्बईको कूपर अस्पतालले सिद्धार्थको मृत्यु भएको पुष्टि गरेको हो ।

४० वर्षीय सिद्धार्थ शुक्लाको हृदयघातबाट मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । जानकारी अनुसार अभिनेता सिद्धार्थ शुक्लाले राती सुत्नु अघि केही औषधि खाएका थिए तर त्यसपछि उनी उठ्न सकेनन् । अस्पतालले पछि पुष्टि गर्‍यो कि सिद्धार्थको मृत्यु हृदयघातबाट भएको हो ।

सिद्धार्थ शुक्लाको आकस्मिक निधनले सम्पूर्ण बलिउड र टिभी उद्योग शोकमा छ । सबै अभिनेता र अभिनेत्रीहरु सिद्धार्थ शुक्लालाई श्रद्धाञ्जलि दिइरहेका छन् । सिद्धार्थ शुक्ला, टिभी उद्योगको ठूलो नाम थियो । रियालिटी शो बिग बोसको १३ औं सीजन जित्न सफल भएका उनका विश्वभर लाखौं करोडौं फ्यानहरु रहेका छन् ।

त्यस बाहेक उनले ‘खतरो का खिलाडी’ को सातौं सीजन पनि जितेका थिए । सिरियल बालिका वधुबाट सिद्धार्थ शुक्लाले हरेक घरमा आफ्नो अभिनयको छाप छोडेका हुन् । १२ डिसेम्बर १९८० मा मुम्बईमा जन्मेका सिद्धार्थ शुक्लाले मोडेलको रुपमा आफ्नो करियर शुरू गरेका थिए ।

वर्ष २००४ मा, उनले टिभीबाट अभिनयमा डेब्यू गरेका हुन् । सन् २००८ मा, उनी ‘बाबुल का आंगन छोटे ना’ नामक एक टिभी सिरियल मा देखा परेका थिए । तर उनको वास्तविक पहिचान सिरियल बालिका वधुबाट बनेको थियो, जसले उनलाई घर–घर पु¥यायो ।

टिभी उद्योगमा सफलता पाएपछि सिद्धार्थ शुक्ला बलिउडतिर पनि लागेका थिए । उनी २०१४ को फिल्म हम्प्टी शर्मा की दुल्हनियामा देखिएका थिए । सोही बर्ष उनको वेब श्रृंखला ‘ब्रोकन बट ब्यूटीफुल’ आयो, जसले धेरै चर्चा कमाउन सफल भएको थियो । सिद्धार्थ शुक्लाको निधनमा टिभी उद्योगको तर्फबाट दुःख व्यक्त गरिएको छ ।

अभिनेत्री सना खानले आफुले विश्वास गर्न नसकेको प्रतिकृया दिएकी छिन् । उनलाई यो घटना आश्चर्यजनक लागेको छ । उनले भनिन्, ‘सुरुमा मलाई यो समाचार पत्यार लागेन, तर जब यो पुष्टि भयो, म आश्चर्यचकित भएकी छु ।’

हिन्दी भाषामा यो सम्बन्धी खबरहरु पढ्नुहोस् ।

40 वर्षीय मशहूर अभिनेता सिद्धार्थ का निधन, अचानक हुए निधन से पूरा बॉलीवुड शोक में डूबा

सम्बन्धित खबरहरु