काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अत्यन्तै जरूरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा पोखराले सो सूचना जारी गरेको हो ।

त्रिविले स्नातक तहको नियमित तथ पुनः परीक्षाका लागि आवेदन फारम भर्ने सम्बन्धी सूचना जारी गरेको छ ।

सूचना जारी गर्दै त्रिविले भनेको छ, ‘यस अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७८ साल भदौ/असोज महिनामा सञ्चालन गरिने स्नातक तह प्रथम बर्ष प्रथम सेमेस्टर चौथो बर्ष प्रथम सेमेस्टरको नियमित परीक्षा र विभिन्न वर्ष तथा सेमेस्टरको पनुः परीक्षामा सम्मिलित हुने सम्पूर्ण परीक्षार्थीहरूको सम्बन्धित क्याम्पस/कलेजमा २०७८ साल भदौ १५ गते भित्र त्रिवि यिमानुसार शुल्क बुझाई परीक्षा फारम भर्न यो सूचना प्रकाशित गरिएको छ ।

साथै उक्त सम्पूर्ण परीक्षा अनलाइन सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’ सूचना तल अपलोड गरिएको छ ।

आफूले हेरिसकेपछि तपाई जस्तै त्रिभुवन विश्वविद्यालय पढ्ने साथीहरुका लागि र अभिभावकले हेर्दै हुनुहुन्छ भने विद्यार्थी भाई बहिनीहरुका लागि यो सूचना साझा गर्नुहोला । –त्रिवि Read this news in english language.

B.Sc. Examination Notice for Regular & Make-up Examination (2078/04/32)

सम्बन्धित खबरहरु