काठमाडौं । चर्चित बलिउड अभिनेत्री कङ्गना राणावतले हालै दिएको एक बयानले बलिउडमा हलचल भएको छ । कोरोना भाइरस (कोभिड–१९) पछि सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् । उनी एक वृद्ध महिलाको बारेमा गरेको ट्वीटका कारण विवादमा परेकी थिइन् । किसानहरूको आन्दोलनमा पुगेकी एक वृद्धालाई उनले भारु १०० मा बेचिने महिला भनेर अपमान गरेकी थिइन् ।

 

कङ्गनासँग दिलजीत दोसांझ भिडेका थिए । त्यस बखत उनले पनि दिलजितलाई करण जोहरको घरपालुवा कुकुरलगायत भाषाको प्रयोग गर्दै जवाफ फर्काएकी थिइन् । अर्कोतिर दिलजितले पनि सुहाउँदो जवाफ फर्काएका थिए । अब अभिनेत्रीले फेरि एक नयाँ ट्वीट गरेर आफूलाई सबैभन्दा लोकप्रिय भनेकी छिन् ।

 

[caption id="attachment_314216" align="alignnone" width="538"] image credits: kangana ranaut via Instagram[/caption]

अभिनेत्री कङ्गना राणावतले लेखिन्, ‘म हाल देशको सब भन्दा चलेको निशाना हुँ । मलाई लक्षित गर्नुभयो भने तपाईं सञ्चारमाध्यमहरुको प्रिय बन्नुहुन्छ । फिल्म माफिया तपाईंलाई एक भूमिका प्रस्ताव गर्दछ । तपाईले फिल्मफेयर पुरस्कार पाउनुहुनेछ, शिवसेनाबाट टिकट नै पाउन सक्नुहुन्छ । यदि म डन हुँदो भए, ७२ देशका प्रहरीहरूले मलाई पछ्याउँथे ।’

 

उनले किसान आन्दोलनमा एक वृद्ध महिलाको बारेमा गलत शब्दहरू प्रयोग गर्दा आलोचनाको सिकार बन्नु परेको थियो । दिल्ली सिख गुरुद्वारा प्रबन्धक समिति (डीएसजीएमसी) ले कङ्गनालाई यसको लागि कानुनी सूचना पठाएको छ । सूचनामा डीएसजीएमसीले उक्त महिला किसानप्रति गरिएको बयानलाई लिएर तत्काल सार्वजनिक माफी माग्न भनेको छ ।

 

डीएसजीएमसीका अध्यक्ष सरदार मनजिंदर सिंह सिरसा आरोप लगाउँछन् कि किसान आन्दोलनमा शान्तपूर्वक प्रदर्शन गरिरहेका किसानहरू, आन्दोलनकारी र कार्यकर्तालाई बदनाम गर्न कङ्गनाले ट्वीट र रिट्वीट गर्दै आएकी छिन् । एक हप्तामा माफी माग्न असफल भयो भने दिल्ली गुरुद्वारा कमिटीले अरु कुनै सूचना नगरी कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

यी शर्षक झनै रोचक छन्

टिभी बनाउँन आएका अप्रेटरसँग सम्बन्ध बनाउँदै गर्दा महिला डाक्टर मृत

पक्राउपछि प्रहरीसँग भारतीको बयानले प्रहरी नै चकित !

३० जना लुटेराले सहर नै कब्जा गरेर सबै बैकका पैसा निकालेर सडकमा छरेपछि…

यी हुन् भारतकी सबैभन्दा धनी युवती, कसरी जोडिन् भारु ५ खर्ब ४० अर्ब ८० करोड ५० लाख ?

मास्क नलगाउँदा प्रहरीले १६ सय तिराएपछि बिरोध गर्ने श्रीमतीलाई श्रीमानले पुलिसकै अगाडी थ’प्पड लगाए

 

इन्स्पेक्टरसँग लिभ इन टुगेदरमा बसेकी महिला मृत फेला, हतियार प्रयोग भएको पाइयो

लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ भन्दै स्वेता खड्कालाई हौसला [ भिडियोसहित ]

सिन्दूर–पोते र टीकासहित श्रीमानको काजकिरिया

सरकारी सेवामा पहिलो, दोस्रोमा नाम निकालेपछि बिहे गरेका जोडीको २ बर्ष नवित्दै सम्बन्धबिच्छेद

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

दुलाहाका दाजुलाई जन्ती भतेरको खान नमिठो भएपछि विवाह नै रद्ध, दुलही नलिइ फर्किए !

 

 

सम्बन्धित खबरहरु