काठमाडौं । तीन वर्ष पहिले मीना ढकालसँग सम्बन्धविच्छेद गरेका चर्चित हास्य कलाकार मनोज गजुरेलले विहे गर्न लागेका छन् । उनले प्रशंसक र शुभचिन्तकहरु चाँडै नै खुःशीको खबर दिन लागेका हुन् । तीन वर्षपछि उनले नयाँ जीवनसाथी भेटेको खुलाएका छन् ।

 

उनी विवाह गर्ने तयारीमा भए पनि विवाहको तिथि भने खुलाइएको छैन । उनले आफू प्रेम सम्वन्धमा रहेको कुरा एक निजी टिभीको कार्यक्रममा खुलाएका हुन् । केही समययता गजुरेललाई विवाहका लागि परिवार, आफन्त र साथीभाइले सल्लाह र सुझाव दिँदै आएका थिए ।

 

 

तपाईंलाई जानकारी गराउ कि मीना र मनोजका एक छोरा र एक छोरी छन् । सम्बन्धविच्छेद हुँदा छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति थियो । तर, अहिले छोरा र छोरी दुवै बुवासँगै बस्छन् । छोरा मिरोज २३ वर्षका र छोरी मेमोरी १५ वर्षका छन् ।

 

गजुरेल हालै कोरोना संक्रमणमुक्त भएका छन् । कलाकारहरुले विहे गर्ने क्रम जारी रहेको छ । अभिनेत्री श्वता खड्काले पनि श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि पुनः विवाह गर्न लागेकी छिन् । अभिनेत्री खड्काले विजयेन्द्र सिंह राउतसँग सोमबार विवाह गर्दैछिन् ।

 

 

सम्बन्धित खबरहरु