८ पौष, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज साँझ स्वदेश फर्किँदै छिन् ।
उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट टिएचआरको ‘फलो अप’ परीक्षणका लागि गत शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी थिइन् । युरोपबाट दिल्ली पुगेकी राणाले शनिबार र आइतबार एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् ।
स्वास्थ्य परीक्षणका लागि नै उनी नयाँ दिल्ली जानुभएकाले यस पटक कुनै औपचारिक भेटघाटको कार्यक्रम रहेको थिएन । शुक्रबार भने उनले भारतको नयाँ दिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्सलाई सम्बोधन गरेकी थिइन् । सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।
मन्त्री डा। राणाले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरिन् ।