२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज र भोलि वर्षा र हिमपातको सम्भावना, चिसोबाट बच्न मौसमविद्को सुझाव

२२ मंसिर, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।
विभागले शुक्रबार विशेष बुलेटिन जारी गरी यो जानकारी दिएको हो । बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ ।

साथै देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ । विभागका अनुसार यो प्रणालीको प्रभावले मंसिर २३ गते आइतबार साँझदेखि मंसिर २४ गते रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ । गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

नयाँ तथा रोचक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । च्यानल Subscribe गरेर घण्टी जस्तो संकेतमा थिच्नुभयो भने, भिडियो अपलोड हुनासाथ नि:शुल्क तपाईको मोबाइलमा आउँनेछ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस