२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई आज चितवन लगिदै

१८ मंसिर, काठमाण्डौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशक रवि लामिछानेलाई आज चितवन ल्याइने भएको छ । साहरा चितवन सहकारी लिमिटेडको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मंसिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौँबाट लामिछानेलाई सिधै चितवन ल्याउन लागिएको हो ।

लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा हिजो बयान सकिएको थियो। जिल्ला प्रहरी कार्यालय पोखराले पक्राउ गरेको लामिछानेलाई चितवन प्रहरीले बयानका लागि चितवन पठाउन पत्र पनि पठाइसकेको थियो । उनलाई चितवनमा बयानको लागि जिल्ला अदालतले स्वीकृति समेत दिइसकेको छ। चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले लामिछानेलाई आजै बिहानको उडानबाट चितवन ल्याउन लागिएको जानकारी दिए । यद्यपि, पहिलो वा दोस्रो कुन उडानबाट चितवन ल्याउन लागिएको हो प्रहरी प्रशासनले खुलाएको छैन ।

साहरा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डिआइजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो। उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति चितवनले हिजो जिल्ला भेला सम्पन्न गरी आजदेखि लामिछानेलाई पक्राउ गरिएको विरोधमा प्रदर्शन गर्ने तयारी समेत गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस