काठमाडौं । काठमाडौं विश्वविद्यालयका विद्याथीहरुको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिब
स्टुडेन्टले आयोजना गरेको ‘ अल नेपाल गो–कार्ट कम्पिटिसन कलेज–टु–कार्ट्स’ का विजेता
धरानको आईओई, ईआरसी टिम बनेको छ ।
त्यसैगरी सम्पूर्ण इन्जिनियरिब कलेजका विद्यार्थीहरु बिच भएको मोटरस्पोर्ट्स इन द बक्समा
थापाथली क्याम्पसका किरण कार्की विजेता बने भने काठमाडौं विश्वविद्यालयका सुयांश ढुंगाना
उपविजेता बने ।
त्यसैगरी बेस्ट इनोभेसन अवार्ड काठमाडौं विश्वविद्यालयको टिम पाइलाले पाएको छ ।
सरकारी ड्राइभिब तथा राइडिब लाइसेन्स प्राप्त सहभागीहरु नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि
बक्स’ कार्यक्रममा सहभागी भएका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो । यो अन्तर्राष्ट्रिय
अटोमोबाइल फेडरेसन (एफआईए) को ग्रासरुट मोटर स्पोर्ट्सको नयाँ अभियान हो ।
काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरुको इनोभेटिभ अभियान अभियान्ता २४ नामक वार्षिक
फ्ल्यागसिप कार्यक्रमको सन्दर्भमा सो इभेन्ट सम्पन्न भएको हो । धुलिखेलको हिमालयन मोटरल्याण्डमा सो इभेन्ट सम्पन्न भएको हो । यो भन्दा पहिले सो
कार्यक्रमका सहभागीहरुको ट्रेनिब तथा ओरिएन्टेसन काठमाडौं विश्वविद्यालयलको सभा हलमा भएको थियो ।
इभेन्टमा नेपालभरिका विभिन्न पाँचवटा इन्जिनियरिब कलेजका छ वटा टिम र उनीहरुले तयार गरेका कार्ट्सहरुको प्रतिस्पर्धा भएको थियो र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४२ विद्यार्थीहरुको सहभागिता रहेको थियो। त्यसैगरी मोटरस्पोर्ट्स इन द बक्समा एक महिला सहित १२ सहभागी थिए ।