काठमाडौं । चिसो बढेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । न्यूनतम र अधिकतम दुवै तापक्रममा गिरावट आएको हो ।
बिहीबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ७.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ०८१ साल लागेयता उक्त समयमा काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो ।
सोही समयमा बुधबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले बिहीबार सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.६ डिग्री सेल्सियस छ ।