२०८१ मङ्सिर १३ गते बिहिवार | 2024 November 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेमा कार्यसक्षमता प्रभावकारी नभएका मन्त्रीमाथि समीक्षा हुने

१३ मंसिर , काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवलाई आफ्नो कार्यक्षमता प्रभावकारी बनाउन निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको प्रथम त्रैमासिकको समीक्षामा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन गर्दै कार्यसक्षमता प्रभावकारी नभएका मन्त्रीमाथि समीक्षा हुने चेतावनी दिएका हुन् ।

एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिँदै ‘फूल गियरमा’ काम गर्ने हुटहुटी जगाएको वर्तमान एमाले–कांग्रेस गठबनधन सरकारले चार महिना बितिसक्दा समेत देखिने गरी काम गर्न सकेको छैन । सरकार गठन भएयता मन्त्रीहरूले सोचेअनुसारको काम गर्न नसकेको प्रधानमन्त्री ओलीले निष्कर्ष निकालेका छन् ।

संसद्का ठूला दुई दल कांग्रेस–एमालेबीच नयाँ सत्ता समीकरणसँगै केही समयका लागि स्थायी सरकार बन्ने र जनताले अपेक्षा गरेअनुसार कार्यप्रारम्भ हुने विश्वासमाथि सरकारको मौनताले पुनः प्रश्न गर्ने ठाउँ खडा गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस