२०८१ मङ्सिर १२ गते बुधवार | 2024 November 27th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बक्सिङ टोली बिहीबार थाइल्यान्ड प्रस्थान गर्दै

काठमाडौं । एसियन इलाइट पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार थाइल्यान्डको चियाङ-माइ प्रस्थान गर्ने भएको छ ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट २ महिला र २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेती र ५१ केजीमा लक्ष्मण राईले प्रतिस्पर्धा गर्ने नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । महिला ४८ केजीमा आरती बम्जन तथा ५१ केजीमा अस्मिता दुवालले खेल्ने छन् ।

प्रशिक्षकमा राज श्रेष्ठ तथा इन्टरनेसनल टेक्निकल अफिसर (आईटीओ) मा पुस्करराज पन्त रहेका छन् । पन्त बक्सिङमा नेपालका एक मात्र आईटीओ हुन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरेका हुन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस