२०८१ मङ्सिर १२ गते बुधवार | 2024 November 27th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच मंसिर १८ गते भेटवार्ता हुने

१२ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही मंसिर १८ गते भेटवार्ता हुने भएको छ । ओली र चिनफिङबीच बेइजिङमा भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओली १७ गतेदेखि २० गतेसम्म भ्रमणमा रहने छन् ।

यसअघि चीनले १७–२१ मंसिरका लागि भ्रमण मिति प्रस्ताव गरे पनि दुवै पक्षको गृहकार्यपछि १७–२० मंसिरसम्म भ्रमण हुने टुंगो लागेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी तीव्ररूपमा चलिरहे पनि भ्रमणको आधिकारिक घोषणा भने भइसकेको छैन ।

सम्भवतः १४ मंसिरमा बेइजिङ र काठमाडौँबाट एक साथ भ्रमणको घोषणा हुनेछ । प्रधानमन्त्री ओली हिमालय एयरलाइन्स चार्टर्ड गरेर बेइजिङ जाने र त्यसैमा फर्किने गरी भ्रमणको तयारी भइरहेको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस