२०८१ मङ्सिर १२ गते बुधवार | 2024 November 27th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने

१२ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने बयानका लागि हिजो काठमाडौं ल्याइने भनिए पनि हवाई मौसमको खराब देखाउँदै ल्याउन सकिएको थिए ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि मंगलबार काठमाडौं ल्याइने भनिए पनि स्थगित हुन पुगेको थियो । अब उनलाई आज या भोली मात्र काठमाडौं ल्याइने भएको छ । रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई बुधवार साँझ वा बिहिवार बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् ।

यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस