काठमाडौं । नेकपा (एमाले) को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।
सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानी गरेको आरोप लगाइएको छ।
यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जबाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताए।
उनी २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका थिए। चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि थिए।
पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्दै उनलाई प्रदेश कमिटीबाट पनि हटाइएको थियो। पछिल्लो समय उनले मंसिर ७ मा एमालेले काठमाडौंमा गरेको जागरण सभाको विरूद्धमा फेसबुकलगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए।