२०८१ मङ्सिर ११ गते मङ्गलवार | 2024 November 26th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफैं पीडित भएको कोशीका पूर्वमन्त्री अधिकारीको बयान

काठमाडौं ।  जापान जाने क्रममा मानव तस्करी गरेको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफैं पीडित भएको बयान दिएका छन् ।

प्रदेश र संघीय सरकारको अनुमतिबिना नै गत कात्तिक १३ गते जापान जाने क्रममा मन्त्रालयका नक्कली कागजात र परिचयपत्र बनाएर तीन युवकलाई लगेको आरोपमा पक्राउ परेका अधिकारीले उक्त आरोपबाट सोमबार उन्मुक्ति पाइसकेका छन् ।

उनले त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा दिएको बयानका क्रममा उक्त प्रकरणमा आफैं पीडित भएको उल्लेख गरेका छन् । मानव तस्करीको अनुसन्धान गरेका प्रहरी अधिकारी र सरकारी वकिलहरूसँगको बयानका क्रममा अधिकारीले उक्त घटनामा आफू पीडित भएको जिकिर गरेका हुन् ।

मानव तस्करी तथा सरकारी कागजात र छाप किर्तेबारे आफूले त्यतिबेलै प्रहरीलाई सूचना दिएर साक्षी बनेको दाबी उनले गरेका छन् ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस