काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।
आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । तर उक्त प्रदर्शनमा रास्वपा केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला पनि सहभागी थिइन् ।
प्रदर्शनका क्रममा उनीहरूले राजनीति प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गरलगायतका पम्प्लेट बोकेका थिए ।सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भनिएको थियो । तर उनलाई अब भोलि (बुधबार) मात्रै काठमाडौं ल्याइने प्रहरीले जनाएको छ ।