काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाको मेयर बालेन शाह पनि जेल जाने बताएका छन् ।
उनले हिरासतबाटै आइतबार राति १२ बजे सामाजिक संजालमार्फत बताएका हुन् ।
उनले लेखेका छन्, ‘आज मैले भोगिरहेको छु र सुन्दै छु केहिसमयामा नै बालेन लाई पनि षड्यन्त्रको सिकार बनाइदै छ।’
अदालतका न्यायाधीश कमला पौडेलले आइतबार उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् । यही मंसिर ४ गते भक्तपुरबाट पक्राउ परेका प्रसाईंविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कम्तीमा ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ ।