काठमाडौं । पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ स्थित तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा आयोजित शिविरमा मोतियाबिन्दु भएका २ सय ३० जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ।
निचुटामा रहेको तिलगंगा सामुदायिक आँखा केन्द्रमा आयोजित तीनदिने शिविरमा २ सय ३० जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले जानकारी दिए।
गाउँपालिकाको समन्वयमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटाले गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालन गरेको शिविरमा तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटा र हेटौंडा सामुदायिक आँखा अस्पतालका चिकित्सकको टोलीले मोतियाबिन्दुको शल्यक्रिया गरेको चौधरीले बताए।
शिविरमा १ हजार ३ सय ७ जनाको आँखा परीक्षण गरिएकोमा तीमध्ये ३ सय ९ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो।