२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्गा प्रसाईं यो राति भर्नाका लागि वीर अस्पतालमा संघर्षरत, तर डाक्टरको इन्कारी

Durga Sharma

काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्‍यवसायी दुर्गा प्रसाईंले अस्पताल भर्नाका लागि वीर अस्पतालमा संघर्ष गर्नु परेको छ । उनले आइतबार साँझ अत्याधिक रिगँटा लागेको भनेपछि ब्यूरोले वीर अस्पतालको इमरजेन्सीमा लगेको थियो । त्यहाँ चिकित्सकले उनलाई जाँच गरे । इमरजेन्सीको इसीजी गर्ने कक्षमा डाक्टरले जाँच गरिरहँदा हाम्रा सम्वाददात त्यही थिए । डाक्टरले तपाइलाई के हुन्छ भनेर सोधिन् ?

उनले आफू क्यान्सर ग्रसित भएर अप्रेशनपछि बाँचेको व्यक्ति भएकाले स्वास्थ्य धेरै जोखिमपूर्ण रहेको बताए । अहिले भने टाउको थाम्नै नसक्नेगरी रिगँटा लागिरहेको बताए । त्यसपछि डाक्टरले रिगँटा लिगिरहेको हो की हैन भन्ने एउटा चिकित्सकीय परीक्षण छ गर्छु है, भन्दै बेडमा सुत्दै उठ्दै गर्न लगाइन् । त्यसपछि डाक्टरले ठिकै छ त भनिन् भर्नाको अनुमती दिन इन्कार गरिन् ।

दुर्गाका साथमा नै रहेका सहयोगीहरुले समस्या भएर अस्पताल आउँदा भर्ना नगरिदिने षड्यन्त्र भएकाले मिडिया बोलाउने धम्की दिए । दुर्गा परीक्षण कक्षबाट ब्यूरोको अधिकारी बसिरहेको भित्रि भीआईपी प्रतिक्षालयमा प्रवेश गरे । उनले केही पटक उक्त कक्षमा जाने र बाहिर आउने गरिरहे । निक्कै छटपटाहट देखाए । निक्कै बेरसम्म उनलाई भर्नाको अनुमती दिइएन । तर भर्खरै उनलाई भर्ना गर्ने कुरा भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोका एक अधिकृतले बताए ।

गत मंसिर ५ गते पक्राउ परेका प्रसाईंलाई आज म्याद थपका लागि अदालत लगिएको थियो । सो क्रममा उनले न्यायाधीश समक्ष आफू क्यान्सरको बिरामी भएको र उपचार गर्नु पर्ने माग राखेका थिए । उनको माग अनुसार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश कमला पौडेलले प्रसाईको उपचार गर्न भन्‍दै प्रहरीलाई ध्यानाकर्षण गरेकी थिइन् ।

अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस