काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ ।
आइतबार न्यायाधीश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
यसअघि थप गरिएको १३ दिनको अदालती म्याद सकिएपछि आज पुन अदालत उपस्थित गराइएको हो । गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले १३ दिनको म्याद दिएको थियो ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उनीमाथि आरोप छ ।