२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महानगरले गरेको १ लाख जरिवाना पत्र एमालेद्वारा अस्विकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको पत्र बुझ्न अस्वीकार गरेको छ ।

नेकपा एमालेको पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीले पत्र बुझाउन खोजे पनि एमाले कार्यालयमा रहेकाले पत्र बुझ्न अस्वीकार गरेका हुन् ।

एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले आफूहरूले सभा गरेको स्थान आफैं सफा गरिसकेकाले जरिवाना तिर्न नपर्ने बताएका छन् ।

एमालेले पत्र नबुझेपछि महानगरको टोली च्यासलबाट फर्किएको छ ।

शुक्रबार दरबारमार्गमा प्रधानमन्त्री ओली अध्यक्ष रहेको एमालेले आयोजना गरेको सभाका क्रममा सडक र पेटीमा फोहोर गरेको भन्दै महानगरले १ लाख जरिवाना गरेको थियो ।

सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी फोहर उत्पादकको व्यवाथापकीय जिम्मेवारी पूरा नगरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिमको दोस्रो पटक पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु पौने २ बजे नेकपा एमालेको पार्टी कार्यलय जान लागेको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस