२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर सप्ताहमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले गर्यो अनुकरणीय कार्यक्रमहरु

काठमाडौं । राष्ट्रिय कर दिवस, २०८१ एवं कर सप्ताह देशव्यापी रुपमा विभिन्न कार्यक्रमका साथमा सम्पन्न गरिएको छ । यसै अवसरमा आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले केही भिन्न एवं अनुकरणीय कार्यक्रमहरु पस्तुत गर्यो । जस अन्तर्गत रक्तदान, बक्तृत्वकला, करदाता सचेतना कार्यक्रम र सन्देशमूलक भिडियो उत्पादन लगायत रहेकँ छन् । यस कार्यालयले बढ्दो डेंगु संक्रमणका कारण स्वास्थ्य संस्थाहरुमा रगतको अभाव भएका बेला मानवीय दृष्टिले अत्यावश्यक सेवामूलक बृह्त रक्तदान कार्यक्रम संचालन गरेको थियो।

उक्त कार्यक्रममा उल्लेख्य सहभागिता भई ७७ जना रक्तदाताहरुबाट रगत संकलन भएको थियो । यसैगरी, मंसिर ६ गते माध्यमिक विद्यालयस्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको र उक्त कार्यक्रममा २० जना छात्ररछात्राहरुबीच प्रतिस्पर्धा भएको थियो । यो प्रतियोगिता “बिल बिजक लिनेदिने थितिस् राष्ट्र निर्माणमा हाम्रो उपस्थिति” भन्ने शीर्षकमा आधारित भई संचालन गरिएको थियो ।

यस्तै, कार्यालयको कार्यक्षेत्र अन्तर्गतका विभिन्न ठाउँमा करदाता शिक्षामूलक क्लिनिक एवं कर सचेतना केन्द्र समेत संचालनमा ल्याईएको थियो । मंसिर ५ र ७ गते संचालित उक्त कार्यक्रममा २४० करदाता एवं उपभोक्ताहरुलाई सचेतना गराईएको थियो । कार्यालयले “बिल बिजक लिनेदिने थितिस् राष्ट्र निर्माणमा हाम्रो उपस्थिति” तथा “कर तिर्ने संस्कारस् समृद्दिको आधार” भन्ने संकल्पमा आधारित यथार्थपरक, जागरणमूलक एवं सन्देशमूलक भिडियो समेत तयार गरी आज आन्तरिक राजस्व विभागबाट आयोजना गरिएको कर सप्ताह समापन समारोहमा प्रस्तुत गरिएको थियो ।

साथै, उक्त भिडियोलाई कार्यालयको वेबपेज, विभिन्न सामाजिक संजाल एवं विधुतीय संचार माध्याममा समेत निरन्तर प्रशारण गरिने कार्यालयका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए । कर सप्ताहको समापन कार्यक्रममा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता कायम रहेका करदाताहरुमध्ये सबैभन्दा भन्दा बढी आयकर दाखिला गर्ने करदाता मारोन ट्रेडिङ्गलाई सम्मान-पत्र तथा करदाता शिक्षा तथा करचेतना सम्बन्धि कार्यक्रममा समन्वय एवं सहकार्यमा पुर्याएको उल्लेख्य योगदानका लागि नयाँ वानेश्वर व्यापार व्यवसायी संघलाई प्रशंसा-पत्र प्रदान गरिएको थियो । यसैगरी, उल्लेखनीय एवं प्रशंसनीय कार्य सम्पादन गरेकोमा कर अधिकृत रमेश श्रेष्ठ र नायब सुब्बा सुष्मा थापा (क्षेत्री) लाई समेत प्रशंसा-पत्र सहित पुरस्कृत गरिएको प्रमुख आचार्यले बताए ।

 

 

प्रकाशित मिति : २०८१ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस