२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१४ जनाको हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला

काठमाडौं । १४ जनालाई खानामा विष हालेर हत्या गरेको आरोपमा थाइल्याण्डकी एक महिलालाई मृत्युदण्डको फैसला भएको छ ।

गएको वर्ष एक जना धनी साथीको खाना र पेय पदार्थमा विष हालेर हत्या गरेपछि पक्राउ परेकी ३६ वर्षकी सररत रङ्गसिवुथापोनले अरू १३ जनाको पनि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको थियो ।

पक्राउ परेपछि उनले आफ्ना साथीको प्राकृतिक कारणले नै ज्यान गएको जिकिर गरेकी थिइन् । तर शव परीक्षण गर्दा मृतकको शरीरमा साइनाइड विषादी भेटिएको थियो । त्यसपछि अनुसन्धान अघि बढाउँदै जाँदा महिलाले सन् २०१५ देखि यस्तै १३ वटा हत्या गरेको पाइएको थियो ।

प्रहरीका अनुसार सररतलाई जुवाको लत थियो र उनले पैसा तिर्नुपर्ने साथीहरूलाई लक्षित गरेर हत्या गरेकी थिइन् । उनले केही साथीहरूको गहना र बहुमूल्य वस्तुहरू चोरी गरेकी थिइन् ।

प्रमाण लुकाएको आरोपमा दोषी ठहर भएकी महिलाका पूर्वपति, एक जना प्रहरीका पूर्वअधिकारी र उनका वकिललाई अदालतले यसअघि नै जेल सजाय सुनाइसकेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस