२०८१ मङ्सिर ६ गते बिहिवार | 2024 November 21st Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१६ वर्षमुनिका बच्चाले सामाजिक सञ्जाल चलाएमा ३ करोड डलर जरिवाना

काठमाडौं । १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रायाेगमा रोक लगाउने विषयमा अस्ट्रेलिया सरकार निकै कठोर बनेको छ ।

सरकारले संसदमा नयाँ कानुन पेस गरेको छ, जसअनुसार १६ वर्षमुनिका बालबालिकाले प्रतिबन्धका बाबजुद पनि सामाजिक सञ्जाल चलाएको पाइएमा सो कम्पनीले तीन करोड डलर जरिवाना तिर्नुपर्नेछ ।

बालबालिकालाई फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने देशको सूचिमा अस्ट्रेलिया पनि जोडिएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस