२०८१ मङ्सिर ५ गते बुधवार | 2024 November 20th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाटन अदालत परिसरमा विष सेवन गर्ने एक युवती पक्राउ

काठमाडौं । पाटनस्थित उच्च अदालत परिसरमा विष सेवन गरेपछि प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

बुधबार अदालत परिसर विषादीजन्य वस्तु सेवन गरेपछि प्रहरीले बझाङ घर भएकी युवती रश्मिला धामी पक्राउ गरेको हो । एमालेका युवा नेता ऐन महरले आफूमाथि ‘हनी ट्रयाप’ मा पारेको भन्दै उनीमाथि काठमाडौं प्रहरीमा उजुरी हालेका थिए । आपराधिक लाभ (एक्सटर्सन) कसूरमा काठमाडौं जिल्ला अदालतले उनीमाथि वैशाख ३१ गते पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

बुधबार उच्च अदालत परिसरमा अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग सामुने परेपछि उनले विषादीजन्य वस्तु सेवन गरेकी थिईन् । उनलाई उपचारको लागि अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस