काठमाडौं । मेडिकल व्यबसायी दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।
मंसिर ७ गते प्रसाईँ नेतृत्वको समूहले काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेको छ । उनीहरुले भड्काऊ पूर्ण आन्दोलन गर्नसक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
आरोपीविरुद्ध प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रसाइँ साइबर अपराधको आरोपमा मंगलबार पक्राउ परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रसाईँलाई सीआईबीले पक्राउ गरेको थियो । उनीविरुद्ध साइबर सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिने एसपी बोगटीले जानकारी दिए ।
थुनामा राख्न म्याद थपका लागि प्रसाइँलाई आज अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।