२०८१ मङ्सिर ५ गते बुधवार | 2024 November 20th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी केन्द्रले बनायो नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल

५ मंसिर , काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधानलाई लिपिबद्ध गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । जसमा जसमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् । त्यस्तै पालिका सम्मेलनको कार्यविधि बनाउन महासचिव देव गुरुङको नेतृत्वमा कार्यदल बनाएको हो । जसमा उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे रहेका छन् ।

बैठकले कार्यदलको दिएको सुझावका आधारमा विधान अनुमोदन गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । गत वर्ष फागुन १ देखि ३ गतेसम्म काठमाडौँमा माओवादीको प्रथम विधान अधिवेशन भएपनि अहिलेसम्म माओवादी केन्द्रले विधानको खाकालाई अन्तिम रुप दिएको छैन ।

त्यसैगरी माओवादी केन्द्रले पालिका सम्मेलन गर्दा आउने प्रतिनिधिहरू पार्टी सदस्यको आधारमा कसरी आउने र निर्वाचन प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा कार्यविधि बनाउन कार्यदल बनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस