काठमाडौं । ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा मङ्गलबार थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ क्लब विजयी भएको छ ।
ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा भएको पहिलो खेलमा थ्रीस्टारले मच्छिन्द्र फु्टबल क्लबलाई २–० गोलले हरायो । थ्रीस्टारको जितमा दुवै गोल विजय उराँवले गर्नुभयो ।
यस्तै अर्को खेलमा एपीएफले संकटा फुटबल क्लबलाई २–० गोलले हरायो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा सञ्चालित लिगमा १२ टोलीको सहभागिता रहेको छ । लिगका खेलहरू डबल राउन्ड रोविनका आधारमा खेलाइएको छ ।