२०८१ मङ्सिर ४ गते मङ्गलवार | 2024 November 19th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज मंगल चौथी, भगवान् गणेशको आराधना गरि मनाईदै

४ मंसिर, काठमाडौँ । चतुर्थी तिथिमा मंगलबार परेको दिनलाई मंगल चौथी भनिन्छ । यो दिन पनि भगवान् गणेशको आराधना गर्ने परम्परा छ ।
चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ । यस्तै मंगलबारका स्वामी पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपयुक्त मानिन्छ ।

रक्तचन्दन, सिन्दुर, फूल, अक्षता, दुवो, जनै, फलनैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ । यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गरिन्छ। ‘ॐ गणपतये नम’ यो वचन प्रयोग गरी उनलाई पूजासामग्री चढाउने विधि उल्लेख छ ।

शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन् । विद्याबुद्धि सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ ।
मंगल चौथीका अवसरमा विनायक मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ । काठमाडौं उपत्यकामा चार विनायक सूर्य चन्द्र मरु जलका साथै कार्यविनायक र कमलविनायकलगायत मन्दिर यो दिनका गन्तव्य हुन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस