काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवम् पार्टीका नेता दमननाथ ढुङ्गानाको निधनको शोकमा मङ्सिर ४ गते पार्टी केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्ड झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।