२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कौडीको भाउमा गौशला ओगट्ने मारवाडी धपाउन मेयर बालेन शाह आफैं ६ वटा डोजर लिएर पुगे

काठमाडौं । पशुपतिनाथको गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । २०६० सालमा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकासकोष) र मारवाडी सेवा समितिबीच धर्मशाला सञ्चालनसम्बन्धी भएको सम्झौतालाई जिल्ला अदालत काठमाडौंले खारेज गरिदिएको छ । खारेजपछि गौशाला धर्मशालाको जिम्मा कोषले काठमाडौं महानगरपालिकालाई दियो । महानगरले निशुल्क सञ्चालन गर्न खोज्दा मारवाडी सेवा समितिका पदाधिकारीले अवरोध गर्दै आएका छन् । उनीहरुलाई हटाउन अहिले महानगरका मेयर बालेन शाह आफैं ६ वटा डोजर लिएर त्यसतर्फ अघि बढेका छन् ।

मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौंको गौशालास्थित कित्ता नम्बर ८३ को ४–१५–२–० र कित्ता नम्बर ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गा पशुपति क्षेत्र विकासकोषमै फिर्ता भएसँगै सञ्चालन गर्न महानगरलाई दिइएको छ । पशुपति क्षेत्र विकासकोष सञ्चालक परिषद्ले १७ साउन २०८० सालमा मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिका अनुसार दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला गरिदियो । यो राज्यको सम्पत्ति मारवाडी सेवा समितिले कौडिको भरमा व्यवसायिक प्रयोगमा लिइरहेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस