काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको साढे चार वर्ष भइसक्यो । उनका फ्यानहरू अझै पनि उनको सम्झनामा हराइरहेका छन्। फ्यानहरूले स्वर्गीय अभिनेतालाई अहिलेपनि न्यायको माग गरिरहेका छन्। यस्तै बेला अभिनेता प्रतीक बब्बरले सुशान्तको बारेमा खुलासा गरेका छन् । प्रतिक बब्बरले सुशान्तसँग २०१९ फिल्म ‘छिछोरे’ मा काम गरेका थिए । यो सुशान्तको अन्तिम फिल्म थियो।
सुशान्त सिंह राजपुत १४ जुन २०२० मा आफ्नो फ्ल्याटमा मृत फेला परेका थिए । उनलाई के भयो कसैले बुझेनन् । कसैले सुशान्तको मृत्युलाई आत्महत्या भने कसैले हत्या भनेका छन् । मृत्युको अनुसन्धान पनि सिआईबी लाई सुम्पिएको थियो । अझै अन्तिम निश्कर्ष आएको छैन । प्रशंसक र परिवार अझै पनि न्यायको पर्खाइमा छन्।
सुशान्त अन्टार्कटिका जान चाहन्थे
प्रतीक बब्बरले ‘फिल्म ज्ञान’सँगको कुराकानीमा सुशान्तले ‘छिछोरे’ को सुटिङपछि एक्लै अन्टार्कटिका जाने कुरा गरेको बताएका छन् । प्रतीक सुशान्तसँग धेरै नजिक थिएनन्, तर जब दुबै बास्केटबल दृश्य शूट गर्न पर्खिरहेका थिए, उनीहरूबीच कुराकानी भयो।
सुशान्तले भनेका थिए– यार, सुटिङ सकेर अन्टार्कटिका जाँदैछु । प्रतीकले भने, ‘सुशान्त अलि फरक थिए । उनले भनेका थिए, ‘यार, सुटिङ सकेर अन्टार्कटिका जाँदैछु । सन् २०१९ मा सुशान्तले सामाजिक सञ्जालमा आफ्ना ५० सपनाको सूची सेयर गरेका थिए । जसमा उनले विमान उडाउने, बायाँ हातले क्रिकेट खेल्ने र बालबालिकालाई अन्तरिक्षको बारेमा सिकाउने आफ्नो सपनाको बारेमा बताएका थिए । तर अफसोस, सुशान्तले ५० मध्ये १३ सपना मात्र पूरा गर्न सके । अलबिदा सुशान्छ ।।