२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबिच भेटवार्ता

२९ कार्तिक, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र दक्षिण कोरियाका राजदूत पार्क ताइयोङबीच डल्लुमा भेटवार्ता भएको छ । खनाल र राजदूत ताइयोङबीच आज बिहान भेटवार्ता भएको हो । भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका खनालले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको शुभकामना दिएका थिए ।

नेता खनालले नेपाल र कोरियाबीच धेरै लामो लामो समयदेखि सुमधुर सम्बन्ध रहेको र यो द्विपक्षीय सम्बन्ध अझै विकास हुने विश्वास व्यक्त गरेका थिए । राजदूत ताइयोङले पनि नेपालको आर्थिक विकासमा कोरियाको सधैं सकारात्मक सहयोग रहेको र विशेष गरी हरित आर्थिक गतिविधिमा पनि कोरियन सरकार नेपाललाई सहयोग गर्न इच्छुक रहेको बताएका थिए । भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस