२०८१ मङ्सिर ११ गते मङ्गलवार | 2024 November 26th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखराबाट उड्यो रवि लामिछाने चढेको जहाज

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चढेको बुद्ध एयरको जहाज पोखराबाट भैरहवा उडेको छ । रास्वपा कोषाध्यक्ष दीपक बोहोराले पोखराबाट जहाज उडेको जानकारी दिएका छन् । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा जहाजबाट भैरहवा लैजान लागिएको हो ।

भैरहवा र पोखरा दुवै विमानस्थलमा ‘भिजिबिलिटी’ कम हुँदा उडान–अवतरण हुन सेकको थिएन । अहिले मौसम खुलेपछि उडान सुरु भएको हो । रविसहित प्रहरी टोली सवार बुद्धको जहाज केही बेरमै भैरहवा विमानस्थल अवतरण गर्ने छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका रविलाई पछिल्लो पटक १३ दिनको म्याद थपेर बयानका लागि रुपन्देही लैजान लागिएको हो । उनी विरुद्ध बुटवलको सुप्रिम सहकारी ठगी प्रहरणमा पक्राउ पुर्जी जारी भएको छ। बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको प्रतिवेदनमा छ । रविमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस