२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूपू सैनिकको योगदान र क्षमता अतुलनीय छ – पुर्व मन्त्री चौधरी

नेकपा एमालेकी सांसद, पूर्व मन्त्री भगबती चौधरीले सेवा निवृत्त सैनिकको योगदान अतुलनीय रहेको बताउनु भएको छ। आज पूर्वाञ्चल भारतीय भूपू सैनिक एवम् कर्मचारी कल्याण परिषद् नेपाल तथा नगर शाखा इटहरीको १२ औँ वार्षिक साधारण सभामा बोल्दै पूर्व मन्त्री चौधरीले भूतपूर्व सैनिकले आफ्नो घरपरिवार छाडेर विदेशी भूमिमा परिश्रम गरेर नेपालमा पठाएको पैसाले देशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो।

परिषद्को कार्यालय इटहरी उपमहानगरपालिका वडा न. ७ मा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले भन्नु भयो आधुनिक रहनसहनको विकासको सभ्यता पस्कन भूपू सैनिक सङ्घको योगदान रहेको बताउनु भयो। भूतपूर्व सैनिक र सुरक्षाकर्मीको ठुलो जनशक्तिलाई राष्ट्र र समाजको निर्माणको अभियानमा सरकारले लगाउन नसकेको बताउँदै चौधरीले भन्नुभयो, सेवानिवृत सैनिक र सुरक्षाकर्मीले हासिल गरेको ज्ञान, सीप र प्रविधिलाई सदुपयोग गरी मुलुकमा आर्थिक रूपान्तरण कसरी गर्ने सकिन्छ भन्ने विषयमा ठोस योजना ल्याउन जरुरी छ ।

वीर गोर्खालीले आर्जन गरेको ख्यातिका कारण आज पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वको चौध ठाउँमा शान्ति स्थापनाका लागि नेपालले काम गर्दै आइरहेको भन्दै सेवा निवृत्त सैनिकको योगदानको चर्चा गर्नुभयो । गोर्खा सैनिक प्राचीनकालदेखि नै साहस, अनुशासन, निष्ठावान् सेवाका लागि प्रख्यात रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस