काठमाडौं । अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमान्डका उपकमान्डर अशुआ एम. रुड नेपालमा भ्रमणमा आएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति हुनेवित्तिकै नेपाललाई प्राथमिकताका साथ हेरेका छन् । उनले तत्कालाई रुडलाई नेपाल पठाएका छन् । यो जानकारी अमेरिका दूतावासले नै दिएको छ ।
अमेरिकी दूतावासका अनुसार उनी शुक्रबार काठमाडौं आएका हुन् । उनी अमेरिकी सेनाको तीन–तारे लेफ्टिनेन्ट जनरल हुन् । उनी अर्को साता हुने २४९ औं यूएस मरिन र्कोप्स बल कार्यक्रममा अतिथिको रुपमा सहभागिता जनाउन आएको दूतावासले जनाएको छ । साथै, उनले भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरु र नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।