२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशालाई ३० बर्षकै उमेर बचाउन सकिएन

National table tennis player Selisha death

काठमाडौं । नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । टेबलटेनिस प्रशिक्षक राकेश महर्जनका अनुसार लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको निधन भएको हो । ३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्येष्टि गरिएको छ ।

सेलिशाले सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएकी थिइन् । उनले सन् २००९ मा भारतको जयपुरमा सम्पन्न ओएजीसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपबाट नेपाललाई कांस्य पदक दिलाएकी थिइन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस