२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मौसम पूर्वानुमान : देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

२४ कार्तिक , काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस