२०८१ कार्तिक २९ गते बिहिवार | 2024 November 14th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको व्रत आज समापन हुँदै

२३ कार्तिक, काठमाडौँ । लोकआस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठपर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिन लामो छठ व्रत समापन हुन्छ ।

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको हो ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ । यसमा सिङ्गै फलफूल चढाउँदा सूर्य देवता प्रशन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस