२०८१ कार्तिक २१ गते बुधवार | 2024 November 6th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुण्डा नाइके दीपक मनाङे फरार

२१ कार्तिक, काठमाडौँ । गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्वमन्त्री गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे फरार भएका छन् । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेपछि उनी फरार भएका हुन् ।

काठमाडौं प्रहरीले उनलाई मंगलबारबाटै खोजी गरिरहेको थियो । ‘उनलाई पक्राउ गर्न खोजिएको हिजैबाट सम्पर्कविहन छन्’, प्रहरी प्रधानार्यालयका एक अधिकारीले भने । सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदलाई सदर गर्ने फैसला सुनाएपछि उनी फरार सूचीमा परेका छन् ।

सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएपनि फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन । फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि उनको सांसद पदबारे कार्यान्वयनमा जाने छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस