२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एयर इन्डियाको जहाजमा बमको सूचना, यात्रु ओरालेर जाँच सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ । दिउँसो ३:३९ बजे १६८ यात्रु लिई आएको जहाजमा दिल्ली उडानको तयारी गरिरहेका बेला ४:३१ मा बम थ्रेटको सूचना प्राप्त भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणमा सूचना प्राप्त भएपछि प्रहरी र नेपाली सेनाको टोलीले जहाजमा जाँच थालेका छन् । दिल्ली जानको लागि १६० यात्रु बोर्डिङ गरेर लगेज लोड भइसकेको अवस्थामा यो सूचना आएको थियो । विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकका अनुसार सबै लगेजहरू झारी कुकुरको सहयोगमा जाँच भइरहेको छ ।

यसअघि पनि एयर इन्डियाको जहाज र भिस्ताराको जहाजमा बमको हल्ला चलेको थियो, तर कुनै खतराजन्य वस्तु फेला परेको थिएन ।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस