काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले आज गाई तिहारको अवसरमा शीतल निवासमा गाई पूजा गर्नुभएको छ । कात्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गर्ने परम्परा छ। राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी गाईलाई खानेकुरा प्रदान गर्नुभयो ।
यसै दिन, श्रावण शुक्ल पूर्णिमामा बाँधिएको रक्षा सूत्र (डोरो) गाईको पुच्छरमा बाँध्ने चलन छ । यसले मृत्युपछि वैतरणी पार गर्न सहज हुने लोक विश्वास छ । तिहार अन्तर्गत आजकै दिन गोरु पूजा तथा गोवर्धन पर्वको पनि परम्परा छ ।